Go to content

नर्दन टेबलल्यान्ड्स राज्य उप-निर्वाचन

शनिवार, २२ जुन २०२४

नर्दन टेबलल्यान्ड्स जिल्लाका लागि शनिवार, २२ जुन २०२४ मा एक उप-निर्वाचन हुँदैछ।

यदि तपाईँ नर्दन टेबलल्यान्ड्स जिल्लामा भोट हाल्न नामाङ्कित हुनुहुन्छ भने यो उप-निर्वाचनमा भोट हाल्न अनिवार्य छ। आफ्नो नामाङ्कन र मतदाता क्षेत्रको विवरण जाँच गर्नुहोस्। 

भोट हाल्न नाम दर्ता गर्ने बारे थप जान्न यहाँ जानुहोस्:

यो उप-निर्वाचनमा भोट हाल्न निम्न विकल्पहरू छन्:

  • निर्वाचनको दिन स्वयं मतदान केन्द्रमा गएर 
  • निर्वाचनको दिनभन्दा अगाडी नै स्वयं मतदान केन्द्रमा गएर
  • हुलाक मार्फत, यदि योग्य हुनुहुन्छ भने

यदि तपाईँ दृष्टिविहीन वा कमजोर दृष्टि भएको व्यक्ति हुनुहुन्छ भने, तपाईँले १३०० २४८ ६८३ मा फोन गरेर अपरेटर असिस्टेड टेलिफोन भोटिङ प्रयोग गरेर मतदान गर्न सक्नु हुन्छ। 

भोट हाल्दा आफ्नो भाषामा सहायता

तपाईँलाई दोभासेको आवश्यक्ता छ भने, कृपया ट्रान्सलेटिङ एन्ड इन्टर्प्रेटिङ सर्भिस (टीआएस) नेश्नललाई १३१ ४५० फोन गर्नुहोस् र उनीहरूलाई सोमवारदेखि शुक्रवार बिहान ९ देखि साँझ ५ बजेसम्म र निर्वाचनको दिन बिहान ८ बजेदेखि साँझ ६ बजेसम्मको अवधिभित्र १३०० १३५ ७३६ मा एनएसडब्लु इलेक्टोरल कमिसनलाई फोन गर्न लगाउनुहोस्।

यदि तपाईँ स्वयं उपस्थित भएर भोट हाल्दै हुनुहुन्छ भने, मतदान केन्द्रमा रहेका र अङ्ग्रेजी बाहेक अन्य भाषा बोल्न सक्ने  कुनै पनि निर्वाचन अधिकारीहरूले आफूले बोल्ने भाषा(हरू) देखाउने ब्याज लगाएका हुनेछन्। उनीहरूले तपाईँका प्रश्नहरूको उत्तर दिएर मद्दत गर्न सक्छन्।

तपाईँले आफ्नो परिवारको एक सदस्य, साथी वा हेरचाहकर्ता आफ्नो साथ मतदान केन्द्रमा लिएर जान सक्नु हुन्छ वा उनीहरूलाई तपाईँले आफ्नो हुलाकी मतदान बारे बुझाएर मद्दत गरिदिन आग्रह गर्न सक्नु हुन्छ।