Go to content

अस्ट्रेलियामा मतदान


On this page

अस्ट्रेलियामा हुने निर्वाचनहरूमा कसले भोट हाल्नुपर्छ?

तपाईँले आफ्नो नाम इलेक्टोरल रोल (मतदाता नामावली)मा सूचिकृत गर्नुपर्छ र अस्ट्रेलियामा हुने चुनावहरूमा भोट हाल्नै पर्छ, यदि तपाईँ:

  • अस्ट्रेलियन नागरिक हुनुहुन्छ भने
  • १६ वर्ष वा सोभन्दा बढी उमेरको हुनुहुन्छ भने (तर तपाईँको उमेर १८ वर्ष नपुगेसम्म तपाईँले भोट हाल्न पाउनुहुन्न)
  • अहिले बसिरहेको ठेगानामा कम्तीमा पनि एक महिनासम्म बसिसक्नु भएको छ भने

तपाईँले आफ्नो नाम मतदाताहरूको सूचिमा राख्नु भनेको राष्ट्रिय, राज्य र स्थानीय सरकार चुन्ने सबै किसिमका निर्वाचनहरूमा भोट हाल्नका लागि तपाईँको नाम सुचिकृत हुनु हो। निर्वाचनमा भोट हाल्नुभनेको सरकारमा तपाईँले आफ्नो प्रतिनिधि छान्नु हो। 

मतदाता नामावलीमा मैले आफ्नो नाम कसरी थप्न सक्छु?

अस्ट्रेलियन इलेक्टोरल कमिसनको वेबसाइट www.aec.gov.au/enrol मा गएर तपाईँले आफ्नो नाम मतदाता नामावलीमा नामाङ्कन गर्न सक्नुहुन्छ। तपाईँले कागजको फारम पनि भर्न सक्नुहुन्छ। अङ्ग्रेजी भाषामा रहेको हुनाले तपाईँलाई यो फारम भर्न मद्दत चाहिन सक्छ।

फारम भर्दा तपाईँलाई यी विवरणहरू आवश्यक पर्नेछन्:

  • तपाईँको अस्ट्रेलियन नागरिकता सम्बन्धी विवरण
  • तपाईँको पहिचान पुष्टि गर्ने सवारी चालक अनुमति पत्र, राहदानी वा मतदाता नामावलीमा सूचिकृत भइसकेका अन्य व्यक्ति जसले तपाईँको पहिचान पुष्टि गर्न सक्छन्।

आफूले भरेको फारम अस्ट्रेलियन इलेक्टोरल कमिसनको कार्यालयमा हुलाक मार्फत फिर्ता पठाउनुहोस्:

Australian Electoral Commission
Reply Paid 9867

Sydney NSW 2001

यसरी फारम फिर्ता पठाउँदा हुलाक टिकट आवश्यक पर्दैन।

यस अगि मैले कहिले पनि भोट हाल्न नाम दर्ता गरेको छैन, के मैले अहिले नामाङ्कन गरें भने म समस्यामा पर्नेछु?

अहँ, तपाईँ समस्यामा पर्नुहुन्न। तपाईँले अहिले नामाङ्कन गर्नुभयो भने, तपाईँले जरिवाना तिर्नु पर्दैन।

मतदाता नामावलीमा मैले आफ्नो विवरण कसरी अद्यावधिक गर्न सक्छु?

तपाईँले आफ्नो नाम र ठेगाना अद्यावधिक राख्नुपर्छ नत्र तपाईँले निर्वाचन छुटाउन सक्नु हुन्छ र भोट नहालेको भन्दै तपाईँलाई जरिवाना हुन सक्छ। अनलाइनमा www.aec.gov.au गएर तपाईँले आफ्नो नामाङ्कन जाँच्न र विवरण अद्यावधिक गर्न सक्नु हुन्छ। 

यदि तपाईँलाई दोभासे चाहिन्छ भने, फोनबाट आफ्नो विवरण जाँच्न र अद्यावधिक गर्न सक्नु हुन्छ। ट्रान्सलेटिङ एन्ड इन्टर्प्रेटिङ सर्भिसलाई १३१ ४५० मा फोन गरेर उनीहरूलाई अस्ट्रेलियन इलेक्टोरल कमिसनलाई १३ २३ २६ मा तपाईँको कल जोडिदिन भन्नुहोस्।

निर्वाचन स्मरण सेवाका लागि दर्ता गर्नुहोस्

यदि तपाईँको नाम मतदाता नामावलीमा छ र निर्वाचनमा भोट हाल्नु भएन भने तपाईँलाई जरिवाना हुन्छ। राज्य र स्थानीय सरकारको निर्वाचन हुँदा, तपाईँलाई इमेल वा एसएमएस मार्फत स्मरण गराइयोस् भन्ने लाग्छ भने, नि:शुल्क इमेल वा एसएमएस स्मरण सेवाका लागि तपाईँले elections.nsw.gov.au/remindme मा दर्ता गर्न सक्नु हुन्छ।